Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ?

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार गृहमन्त्री रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलसँग काठमाडौँ र भक्तपुरमा जग्गा रहेको देखिएको छ ।

सरकारले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री लामिछानेभन्दा उनकी श्रीमती निकिता पौडेल धनी देखिएकी छिन् । निकिता पौडेल व्यवसायी उद्धव पौडेलकी छोरी हुन् । 

लामिछाने दम्पत्तिसँग ८० तोला सुन रहेको छ भने विभिन्न ७ वटा वाणिज्य बैंकमा नगद रहेको देखाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update