Odapalika - The Fourth Estate - चौथो अंग
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि 

काठमाडौँ । २ वर्षअघि अर्थात ६ जेठ, ७९ जेठमा राप्ती नगरपालिकाका मेयरका रुपमा पदभार ग्रहण गरेका शमशेर लामाले जनजिवीकाका सवालमा ३ वटा अठोट गरेका थिए । उनको अठोट थियो– गाँस, बास र कपास । 

लामाले नेतृत्व गरेसंगै नगरको मुहार फेरिन सुरु भएको छ । मेयर लामाले सामान्य लाग्ने तर प्राथमिकताका बिषयमा उनले धेरै काम गरेका छन् । 

नगरको भौगोलिक अवस्था र यसको आधारमा उनले जनताको प्राथमिकता आवश्यकता पहिचान गरी समाधान गर्ने प्रतिवद्धता जनाएका लामाले नगरको शिक्षा र स्वास्थ्यमा लोभलाग्दो प्रगति गरेका छन् । 

निःशुल्क शिक्षा देखि निशुल्क स्वास्थ्यको अवधारणा अघि सारेपछि यतिवेला  राप्तीका जनताले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा सहज भएको छ । 

आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे । उनले ५ बर्षमा ५०० घर बनाउने प्रतिवद्धता गरेका छन् । बर्षको १०० घर अभियान सुरु गरेका उनले आफ्नो कार्यकालमा बाचा पुरा गरेरै छाड्ने अठोट गरेका छन् । 

राजनीतिक द्धन्द्ध, टकराव र जनप्रतिनिधिबीचको अनावश्यक लफडाबीच पनि मेयर लामाले २ वर्षको बीचमा देखिने तहका विकास निर्माणका काम अघि वढाएका छन् । 

घण्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिरहेका वासवाङका आमाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनका लागि आफ्नो प्रयास जारी राखेको उनको भनाइ छ । 

यसबीचमा उनी आफ्नो बारीमा उत्पादन भएको अन्नबाट ३ महिना पनि खान नपुग्ने जनताको नेता भोक मेट्न घरघर खाद्यन्न्न बोकेर पुगे । कपडा बोकेर पुगे । घर लिएर पुगे । 

‘राप्तीमा जन्मिएर यहि हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु । अध्ययनको क्रममा केही समय नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले क्लवको अध्यक्ष, सामुदायिक वनको सचिव होस या विद्यालयको शिक्षक र व्यवस्थापन समितिको अध्यक्ष हुदै राजनीतिको माध्यमवाट जनताको सेवामा लागि परेको छु,’ लामा भन्छन् ।  

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष रहेर सेवा थालेका लामा आफुसँग ओडारमा बस्ने जनता, बस्ने वास नै नभएको, खाने गास नै नभएका जनताको नेतृत्व गर्नुपर्ने चुनौती भएको स्वीकार गर्छन् । 

निःशुल्क शिक्षा, विपन्नलाई घर 

उनले आफ्नो कार्यकालमा ५०० सय वटा घर निर्माण गर्ने संकलप् गरेका छन् । जसअनुसार हालसम्म ३२५ वटा घर निर्माण भइसकेका छन् । 

मेयर लामाले आफ्नो कार्यकालमा राप्ती कासामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिने उद्घोष गरेका थिए । जसअनुसार हरेक बर्ष १३ हजार विद्यार्थी निशुल्क अध्ययन गर्ने गरिरहेका छन् । विकट क्षेत्रमा आवसीय सुविधाको व्यबस्थापन मा आफु जुटेको उनको भनाइ छ । 

नगरवासीलाई निःशुल्क एम्वुलेन्स 

नगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिएको छ । दैनिक ६ जना भन्दा बढी नगरवासीले यो सुविधा लिदै आएको उनको भनाइ छ ।  

नगरपालिका अर्को एम्वुलेन्स खरिद प्रकृयामा छ भने राप्तीवासीका लागि निःशुल्क रगत दिने व्यवस्था गरिएको छ । यसका लागि नगरपालिकाले परिचयपत्र बनाइदिएको छ । यसेका आधारमा सेवा लिन सकिने व्यवस्था गरिएको उनी सुनाउँछन् । 

rapti-nagarpalika1706701468.jpg
हरेक बर्ष १५ हजार नगरवासीले अस्पताल वाट सेवा लिदै आएका छन् । हालसम्म १० हजार भन्दा नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरले जनाएको छ । नगरको भण्डारा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु छ । अस्पताल वाट १ हजार ८३५ जनाले स्वास्थ्य बीमा सेवा प्राप्त गरिसकेको उनको भनाइ छ । 

पालिकाले हरेक हप्ता घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ भने नगरभिको कान्दामा स्वास्थ्य केन्द्र स्थापना तथा वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु  भइसकेको छ । 

नमुना कान्दा अभियान 

नगरकै विकट कान्दामा सडक विस्तार सुरु भइसकेको छ भने वडा नं १३ मा टेलिकमको पहुँच पुगेको छ । कान्दामा फोरजी इन्टरनेट सेवा विस्तार भइसकेको छ भने विकट मानिएका क्षेत्रमा पिसानी मिल स्थापना गरेर पालिकाले जनतालाई सेवा दिदै आएको छ । 

कृषिमा आत्मनिर्भर 

पािलकाले कृषिा आत्मनिर्भर बन्ने अभियान चलाएका कारण हाल नगरसँग आफ्नै कृषि एम्वुलेन्स छ । सिंचाइलाई व्यवस्थित गर्न कृषकलाई स्यालो बोरिङ्ग वितरण, बेमौसी तरकारीलाई प्रोत्साहन गर्न टनेलको व्यवस्था, ८० प्रतिशत  अनुदानमा मिनी टिलर र धान काट्ने रिपर वितरण गरेर कृषकलाई नगरले हौसला वढाइरहेको लामो दाबी छ । 

पालिकाका ३ वटा स्थानमा सेवा केन्द्रहरु स्थापना गरी किसानहरुलाई प्राविधिक सहयोग गर्ने, फलफूल खेतीको तथ्यांक संकलन गर्ने, मौरीमा अनुदान र बीमा गरिनिेजस्ता कामपनि संगसंगे अघि बढिरहेको उनको भनाइ छ । 

उनकाअनुसार जग्गाबिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नाप्ने काम सुरु भएको छ । वडा नम्बर ११ र वडा नम्बर ३ को जग्गा नाप्ने काम सकिएको छ भने वडा नम्बर २ र ७ जग्गाको नक्साङ्गन भइरहेको छ । 

चमेरो संरक्षणदेखि एकीकृत बस्तीसम्म 

पालिकाले बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ्ग समुदायको लागी चिउरी चमेरो संरक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाभित्रका पहाडी वडामा एकिकृत वस्ती निर्माणसमेत भएका छन् ।

सडक विस्तारदेखि कल्र्भट पुल, फलामे पुल तथा नयाँ ट्रयाक खोल्नेसम्मको काम यतिवेला धमाधम जारी रहेको लामा सुनाउँछन् । 

राप्ती ६ मा भएका कालोपत्रे, नगरको बजार क्षेत्रमा भइरहेका ढल व्यवस्थापन भण्डारा माविको भौतिक संरचनालगायतले भौतिक हिसावमा नगरले आफुलाई विस्तारै बलियो बनाउदै गएको छ । 

वडाका आफ्नै भवन, सीपसँग पनि जोड्दै 

वडा नं १२ वाहेक सवै वडा कार्यालयले आफ्नै भवन वाट सेवा विस्तार गरिरहेको छ । प्रत्येक वडाको स्वास्थ्य केन्द्र वाटै सेवा प्रदान गरिएको छ भने साविकका गाविसमा सुविधा सम्पन्न स्वास्थ्य चौकी छन् । 

लामाका अनुसार ५०० भन्दा बढी युवा र महिलालाई सीपमुलक र आयआर्जन तालिम सञ्चालन गरेको नगरले हरेक बर्ष प्रविधि हस्तान्तरणका कार्यलाई प्राथमिकताका ासथ अघि वढाइरहेको छ ।  

नगरले १०० भन्दा बढी ज्येष्ठ नागरिक, ५६ जना अपाङ्ग नागरिकलाई परिचयपत्र वितरण, आमावुवा विहीन बालबालिकालाई सहयोग, लक्षित समुहलाइ लौरो, छाता, ह्विलचियर लगायतका सामाग्री वितरण पनि गरिसकेको उनको भनाइ छ । 

नगरमा विपद सहायत कक्ष स्थापना भएको छ भने दमकल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

जनतासँग मेयर 

जनताको गुनासो सुन्ने र समृद्ध राप्तीका लागि राय र सुझाव लिन जनतासँग मेयर कार्यक्रम सञ्चालन भइरहेको पालिकाले जनाएको छ । यो अभियानअन्तरगत मेयर आफैँ स्थानीयको घरघर पुगेर समस्या सुन्ने र समाधान गर्ने प्रयास गदै आएकाे लामाकाे भनाइ छ । 

डिजिटल राप्ती 

राप्ती नगरपालिकालाई प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यमवाट भइरहेका छन् । राप्ती नगरपालिकाले यही बर्षदेखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखेर कफी जोन घोषणा गरिसकेको छ । किसानलाइ कफी खेति तर्फ आकर्षितगर्न १३ वटै वडामा कफीमा अनुदान दिइएको उनले सुनाए । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update