Odapalika - The Fourth Estate - चौथो अंग
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून् 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका सीप मेलाहरु आयोजना गर्नुपर्ने बताएका छन् । 

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेला अवलोकनपछि प्रतिकृया दिदै  ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए ।

काठमाडौं महानगरपालिकाले गत वैशाख १० देखि टुँडिखेलमा जारीसीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गरे । उनले सीप मेलाको अवलोकनपछि काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको बताए ।

मन्त्री अर्यालले मेयर बोलेन्द्र शाहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको भन्दै प्रसंसा पनि गरे ।  उनले महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए ।

मन्त्रालयले सात वटै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको भन्दै उनले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजिमामा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताए ।

संघीयतामा सरकारले गर्ने हरेक कामहरु प्रदेशसहित स्थानीय तहहरुमा पुग्न आवश्यक रहेको भन्दै उनले  महानगरले सीप सिकाएका श्रमिकहरुलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि बताए ।

महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update