Odapalika - The Fourth Estate - चौथो अंग
बिहारको न्यूनचापीय प्रभाव नेपालको मौसममा, कहाँकहाँ पर्दैछ पानी ? 

काठमाडौँ । भारतको विहार आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसममा प्रतिकुल प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यो प्रभावका कारण आज केही स्थानमा वर्षा हुने विभागको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली  छ । आज बिहानैबाट कोशी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागकाअनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update