Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक संचालक समिति बैठकले खनाललाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गरेको बैंकको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।

खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सिइओमा नियुक्त भएका हुन् । २०६४ साल भदौमा बैंकमा आठौ तहबाट आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् ।

बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । 

यसअघिका सिइओ किरण कुमार श्रेष्ठले २ कार्यकाल पुरा गरेर वाहिरिएपछि खनाललाई कामु सिइओको जिम्मेवारी दिइएको थियो ।

बैंकको सिइओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्नका लागि २० जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update