Odapalika - The Fourth Estate - चौथो अंग
जब वडाअध्यक्षले नै घुस लिन विचौलिया राखे

काठमाडौँ । सेवाग्राहीसँग बार्गेनिङ गर्न तथा घुस लिन वडाअध्यक्षले नै विचौलिया राख्ने गरेको पाइएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षले नै सेवाग्राहीसँग घुसको बार्गेनिङ गर्ने विचौलिया राख्ने गरेको भेटिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार वडाअध्यक्षका लागि घुस लिने विचौलियालाई घुस रकम सहित पक्राउ गरेसँगै वडाअध्यक्षको उक्त कर्तुत बाहिर आएको हो । 

आयोगले टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाईकृष्ण तामाङको निर्देशनमा घुस रकम मागेको भन्दै आयोगमा उजुरी गरेका थिए । कडायतको नाममा परेको उजुरी अनुसार आयोगबाट खटिएको टोलिले सेवाग्राहीबाट २ लाख नगर र २ लाख रुपैयाँ बराबरको चेक लिएको अवस्थामा विचौलिया कडायतलाई नियन्त्रणमा लिएको हो । 

उनलाई घुस रकमसहित बलम्बुस्थित नगरपालिका कार्यालयको गेट अगाडिबाट आयोगले नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update