Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली सूदुरपश्चिममा मौसम बदली, यी क्षेत्रमा पर्दैछ पानी ? 

काठमाडौँ । आज देशका केही भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेषगरी पहाडी भू–भागमा यस्तो वर्षको सम्भावना औंल्याएको हो । 

विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम  सफा रहनेछ । 

पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम  सफा रहने विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update