Odapalika - The Fourth Estate - चौथो अंग
कोरोनाकालमा छुटेका १२ हजार वालवालिकालाई पोलियो खोप लगाउँदैै तारकेश्वर नगरपालिका 

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले पालिकाभित्रका बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाउने भएको छ । 

खोप अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले यो अभियानबाट पालिकाभित्रका १२ हजार वालवालिका लाभान्वित हुने जनाएको छ ।

नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । 

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले ती बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update