Odapalika - The Fourth Estate - चौथो अंग
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर 

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन् ।

जिल्ला अदालत धनुषाको गेटमा उनी धर्नामा बसेका छन् । सिरोहिया पक्राउको बिरोधमा उनीसहति जनकपुरका स्थानीय र अभियन्ता धर्नामा बसेका हुन् । 

सिरोहियालाई साधारण तारेखमा राखेर छाड्नुपर्ने मेयर साहको माग छ । नागरिकता नम्बरमा फरक भए जिल्ला प्रशासन कार्यालयको त्रुटी हुने भन्दै प्रशासनको त्रुटमिा सिरोहियालाई थुन्न नपाइने उनको जिकिर छ । 

उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको समय दिएको थियो । आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update