Odapalika - The Fourth Estate - चौथो अंग
यसरी बन्दैछ शिवसताक्षी नगरपालिकाको गौरवको योजना 

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकाले सुरु गरेको चक्रपथ निर्माण  अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । 

पालिका गौरव आयोजनाका रुपमा सुरु भएको चक्रपथको ७५ प्रतिशतभन्दा बढी काम सकिइसकेको पालिकाको भनाइ छ । 

नगरका सबै वडालाई पालिकासँग जोड्नेगरी निर्माण थालिएको चक्रपथको २८ किलोमिटर खण्डमा काम सम्पन्न भएको मेयर मेघाहाङ थोप्राले जानकारी दिए । 

उनकाअनुसार अब २ किलोमिटरमात्र बाँकी छ । नगर चक्रपथमा पूर्वपश्चिम राजमार्र्ग र शिवगञ्ज–व्याङडाँडा रोडबाहेकका खण्डमा कालोपत्र भइरहेको छ । ५ वर्षमा सक्ने लक्ष्यका साथ २०७८ सालमा चक्रपथ निर्माण थालिएको हो । 

७ करोड रुपैयाँ संघ सरकार, १ करोड ३० लाख रुपैयाँ कोशी प्रदेश सरकार र बाँकी पालिकाको लगानीमा बन्दै गरेको चक्रपथले सबै वडावासीले लाभ लिने मेयरको भनाइ छ । 

चक्रपथ माइधार–धरमपुर, दक्षिणमा मङ्गलबारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं ४ र ५ हुँदै शिवगञ्जसम्म जोडिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update