Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिपक्षीकाे अवराेधका कारण संसद बैठक आइतवारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ । शुक्रवार बसेको बैठकमा पनि कांग्रेस लगायतका विपक्षी दलका संसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतवारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने अडान राख्दै कांग्रेससहितका विपक्षी दलले निरन्तर संसद अवरोध गर्दै आएका छन् । 

आजको बैठक सुरु हुनासाथ सांसदहरुले उठेर विरोध गरेपछि सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची प्रभावित भएको छ । 

छामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै सरकार र विपक्षी दल छानविन समिति बनाउन तयार भएपनि त्यसको टिओआरमा सहमति नजुट्दा संसद बैठक निरन्तर अवरोधमा छ । 

आजको छानविन समितिलाई दिइने कार्यादेश टुंगो लगाउन बसेको बैठकमा कांग्रेसले नयाँ प्रस्ताव गरेपनि सहमतिमा पुग्न सकको छैन । जसका कारण बैठक आजपनि अवरुद्ध भयो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update