Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने 

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अनतरगत व्यास नगरपालिकाको पुनः मतगण्ना गर्ने तयारी थालेको जनाएको छ । 

उच्च अदालत पोखराको आदेश अनुसार २ असारबाट मतगणना गर्ने गरी तयारी भइरहेको र यसको जानकासरी सम्वन्धित निकायहरुमासमेत भइसकेको आयोगले जनाएको छ । 

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा नेपाली कांग्रेस का तफृबाट उम्मेदवारी दिएका वैकुण्ठ न्यौपाने बिजयी भएका थिए । 

न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेर चुनाव जित्दा उनका निकटतम् प्रतिद्धन्द्दी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजले मतगणना सकिएलगत्तै धाँधली भएको भन्दै दताृ गराएको मुद्धामा उच्च अदालत पोखराले गत २ जेठमा पुनः मतगणना गर्न आदेश दिइसकेको छ । 

अदालतको आदेशअनुसार सो पालिकाको मतगणना फैसला भएको एक महिना पछि अर्थात २ असार बिहान १० बजेबाट गर्नू भन्ने उल्लेख भएकाले सोही अनुसार तयारी अघि वढाएको हो । 

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जितेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update