Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालयको भवन निर्माणमा अनियमितता, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगले शुक्रबार विशेष अदालतमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको वडा नम्बर १ मा रहेको कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर गरेको हो । 

जसमा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर बुचा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडाअध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिकाका तत्कालीन निमित्त पमुख प्रशासकीय अधिकृत राज बहादुर बम, सिभिल सबईन्जिनियर माधव कुमार भट्ट, असिष्टेण्ट सबईन्जिनियर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, विद्यालय व्यवस्थापन समितिका भूपू अध्यक्ष सन्तोष बुढा र कालिका माविका लेखापाल बिशाल भण्डारी रहेका छन् । 

उनीहरु विरुद्ध गत आर्थिक वर्ष २०७४/०७५ मा बहुबर्षीय विद्यालय भवन निर्माण अन्तरगत २ तले ४ कोठे फर्निचरसहितको भवन निर्माणमा अनियमितता गरेको आरोप लागेको छ । आयोगले विद्यालयका प्रधानाध्यापक पदम बहादुर बुचा विरुद्ध ८ लाख ५१ हजार ३९२ रुपैयाँ, पूर्वअध्यक्ष बुढा विरुद्ध २ लाख, वडाअध्यक्ष विरुद्ध ८ लाख ५१ हजार ३९२ रुपैयाँ, पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ८ लाख ५१ हजार ३९२ रुपैयाँ बिगो कायम गरी मुद्धा दायर गरेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update