Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । 

सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । 

१ बजे बजेट सार्वजनिक

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पर्सी मंगलबार दिउँसो १ बजे सार्वजनिक हुने भएको छ। संघीय संसद्‍का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्।

यसका लागि सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका छन्। हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

आजको प्रतिनिधि सभाले प्रतिपक्षी सांसदको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update