Odapalika - The Fourth Estate - चौथो अंग
सरकार भन्छ– एक वर्षमा नेपालीको औसत आम्दानी ५१ डलरले बढ्यो

काठमाडौँ । संघीय सरकारले एक वर्षमा नेपालीको औसत आम्दानी ५१ डलरले बढेको हिसाव सार्वजनिक गरेको छ ।

संघीय सरकारको अर्थमन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै नेपालीको औसत आम्दानी ५१ डलरले बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

‘चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान छ,’ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय १४०५ अमेरिकी डलर थियो । यसरी हेर्दा एक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय ५१ डलरले बढेको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update