Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रको ढुकुटी रित्याउँने माध्यम सार्वजनिक संस्थानः नेपाल टेलिकमदेखि डीडीसीसम्म नोक्सानीमा

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानको आम्दानीभन्दा सञ्चालन खर्च बढी हुने गरेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको तथ्यांक अनुसार एक  वर्षको अबधिमा उक्त संस्थानको सञ्चालन खर्च २३.७९ प्रतिशतले बृद्धि भएको पाइएको हो । 

नेपालमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थानले नाफा आर्जन गर्न सफल भएको पाइएको छ । यस्तै, तथ्यांक अनुसार निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थान मध्ये १० वटा संस्थान नाफामा सञ्चालनमा छन् । 

सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३.७९ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लि., नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । 

यस्तैगरी, आर्थिक वर्ष २०७९/८० मा उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लि., नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लि. र नेपाल टेलिभिजन रहेका छन् ।

२० वटा संस्थानले आ.व.२०७९/८० सम्मको लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update