Odapalika - The Fourth Estate - चौथो अंग
भेरीगंगा नपाका तत्कालिन प्रमुख कार्यकारीलाई भ्रष्टाचारको अभियोग, ‘गिटी बालुवा ठेक्कामा अनियमितता गरे’

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका (नपा) का तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई भ्रष्टाचारको अभियोग लागेको छ । नदीजन्य पदार्थ ढुंगा÷बालुवाको ठेक्का दिदा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग छ ।

सो ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित लेखा अधिकृत र लेखा अधिकृत, लेखापालहरुलाई भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई ३६ लाख ७८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

यस्तै, अख्तियारले तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडालाई पनि सोही अभियोगमा मुद्दा दायर गरेको छ । ठाडामाथि पनि ३६ लाख ७८ हजार रुपैयाँ नै विगो मागदाबी गरिएको छ । यस्तै, तत्कालिन लेखापालहरु, सब इन्जिनियर र ठेकेदार विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update