Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहहरुको बेरुजु हिसावः एक वर्षमा घटाए १० अर्ब, बढाए ३१ अर्ब

काठमाडौँ । स्थानीय तहहरुको बेरुजु रकम २ खर्ब रुपैयाँ नजिक पुगेको छ । यो सबै स्थानीय तह (७५३ पालिका) हरुको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार स्थानीय तहहरुको बेरुजु रकम १ खर्ब ९३ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यो हिसाव आर्थिक वर्ष २०७९/८० सम्मको हो ।

यस्तो बेरुजुमध्ये ३१ अर्ब १ करोड रुपैयाँ भने सोही आर्थिक वर्षको हो । सो आर्थिक वर्षमा स्थानीय तहहरुले १० अर्ब १६ करोड २२ लाख रुपैयाँ बेरुजु फछ्र्योट तथा संपरीक्षण गरेको महालेखाले जानकारी दिएको छ । बाँकी रकम अघिल्ला वर्षहरूकाे हाे ।

महालेखाले देखाउने बेरुजु रकममध्ये सबै रकम भ्रष्टाचार वा अनियमितता गरिएको रकम होइन । बिलबिजक नभएका तथा विभिन्न कारणले संपरीक्षण गर्न छुटेको रकम पनि बेरुजुमा देखिने गर्छ । तर, महालेखाले असुल उपर गर्नु भनेको बेरुजु भने भ्रष्टाचार वा अनियमितता गरिएको रकम हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update