Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहहरुको लाइन मिनिस्ट्री सामान्यले पायो नयाँ मन्त्री, अनितादेवीले लिइन सपथ

काठमाडौँ । स्थानीय तहहरुको लाइन मिनिस्ट्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मन्त्री पाएको छ । 

जनमत पार्टीको सचिवसमेत रहेकी अनितादेवी साह नयाँ मन्त्री बनेकी हुन् । उनले आज विहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन्।

धनुषाकी अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए। जनमत पार्टीले सचिव अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरेको थियो। 

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update