Odapalika - The Fourth Estate - चौथो अंग
नरैनापुर गापाका शिक्षा शाखा प्रमुखमाथि दिक्षित समुहको आक्रमण, विरोधमा गाँउपालिकाको कामकाज र विद्यालय बन्द

काठमाडौँ । बाँकेको नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसीमाथि कार्यकक्षमै अभद्र व्यवहार भएको छ । विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको आरोप लगाउदै शिक्षा अधिकृत थारुलाई कोठा थुनेर ताल्चा लगाएको हो ।।

थारुलाई कोठामा थुनेको समयमा पानी समेत खान नदिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य भएको जानकारी गराएको हो ।

narainapur-1716875278.jpeg
‘विनय प्रकाश दिक्षितको नेतृत्वमा गुरुमुरत यादव, आरिफ खान, प्रमोद कुमार शर्मा, मो. जाबेद खान, अब्बु हसन खान तथा शिक्षकहरु राधेश्याम यादव, सन्तोष कुमार बहुन, गोरख बहादुर राना, रिता चौधरी, चन्द्रेश्वर त्रिपाठी, धर्म प्रकाश जैसवाल लगायत २०/२५ जनाको समूहले मदक पदार्थ सेवन गरी कार्यालयमा प्रबेश गरी आक्रमणको प्रयास गरेको छ,’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएका थिए । शिक्षा अधिकृत थारुले आफनो ज्यान बचाई दिन फोनमार्फत गुहार मागेपछि शिक्षकहरुको सहयोगमा ताल्चा तोडेर थारुलाई बहिरा निकालिएको थियो ।

सुरक्षाको माग गदै कर्मचारीले आज सोमबारदेखि गाँउपालिकाको कामकाज ठप्प पारेका छन् । गाँउपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकले समेत दोषिमाथि कारबाहीको माग गर्दै अनिश्चित कालका लागि विद्यालय बन्द गरेका छन् । शिक्षक नियुक्तिमा कमिशन लिएको आरोप लगाउदै विनय दिक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आईतबार अभद्र व्यहार गर्दै शारीरिक तथा मानसिक यातना दिएका थिए । 

आफूमाथि लगाएको आरोप निराधार, कपोकल्पित र झुटा भएको शिक्षा अधिकृत थारुले प्रतिक्रिया दिए ।

कानुनी राज्यको धज्जी उढाउदै गरिएको अमानवीय व्यावहारप्रति नरैनापुर गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल थारुले समेत दुःख ब्यक्त गरेका छन् । संयुक्त रुपमा एक प्रेस विज्ञाप्ति प्रकासित गर्दै कर्मचारीहरुले कानुनी राज्यमा गैरकानुनी कामलाई प्रोत्सान दिन नहुने बताउदै अराजक समुहले पटक पटक गाँउपालिकामा आतंक समेत मच्चाउने गरेको, जनप्रतिनिधिमाथि विभिन्न आरोप लगाउने र कर्मचारीमाथि आक्रमण गर्ने गरेकोप्रति चिन्ता ब्यक्त गरेका छन् । कर्मचारीहरुले आफूहरुमाथि लगाइएको आरोप पुष्टी गर्ने प्रमाण लिएर आउन पनि सार्वजनिक रुपमा चुनौति दिएका छन् ।

कर्मचारीमाथि कुनै पनि बहानामा आक्रमण गर्नु राम्रो नभएको बताउदै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले कर्मचारीहरु माथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले कर्मचारीमाथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही गर्न गृह प्रशासनसँग अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update