Odapalika - The Fourth Estate - चौथो अंग
बजेट भाषणको समय सर्‍यो, संसदको संयुक्त बैठक ३ बजे

काठमाडौँ । बजेट सार्वजनिक गर्ने समय पछि सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठक २ घण्टा पछि सार्दै ३ बजे डाकिएको छ । 

संसद्को बैठक सरेसँगै बजेट भाषणको समय पनि सरेको हो ।  बजेट भाषण अब ३ बजे हुने छ । संयुक्त बैठक बस्नुअघि मध्यान्न २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषदबाट बजेट पारित गरेर ३ बजे संयुक्त बैठकमा पेश गरिने भएको छ ।

मन्त्रिपरिषद् बस्नुअघि बजेटका बारेमा अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपतिलाई जानकारी गराउने छन् । पुनले ३ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची तय भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update