Odapalika - The Fourth Estate - चौथो अंग
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती 

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् ।

सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढंगे जनतालाई सेवा दिन कुनै कसर बाँकी नराखने बताइन् । 

मन्त्री साहले संघीयताको मर्मअनुसार सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन् । आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।

Anita Shah1692002003.jpg

सो अवसरमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए । 

‘मैले संघीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छ,’ उनले भने । 

       

    
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update