Odapalika - The Fourth Estate - चौथो अंग
कृषि मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

सरकारले फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, उनले संघ प्रदेश र स्थानीय तहको समन्वयमा मध्यपहाडमा सुन्तला, हिमालमा स्याउँ र तराइ मधेशमा आप र केराको उत्पादन तथा निर्यातका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update