Odapalika - The Fourth Estate - चौथो अंग
बन्द रहेका विमानस्थलमा निजी क्षेत्रको सहयोगमा अल्ट्रालाइट चलाउने

काठमाडौँ । सरकारले हाल बन्द रहेका विमानस्थलमा साहसीक गतिविधि सञ्चालन गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले हाल सञ्चालनमा नरहेका आन्तरिक विमानस्थल निजी क्षेत्रको सहयोगमा बलेवा, लामिडाडा, मनाङ, रुम्जाटार तथा बैटडी लगायतका विमानस्थलमा प्यारासुट, स्काईडाइभ, अल्ट्रालाइट लगायतका साहसीक मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने बताएका हुन् । 

सरकारले पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update