Odapalika - The Fourth Estate - चौथो अंग
बजेट: विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहनदेखि गाँजाको व्यवसायिक खेतीसम्म

काठमाडौँ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

गाँजाको व्यवसायिक खेती गरिने 

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए । 

औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update