Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहहरुले आगामी आर्थिक वर्ष ३ खर्ब १२ अर्ब रुपैयाँ अनुदान पाउने 

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहहरुलाई ३ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । संघीय सरकारले स्थानीय तहहरुलाई वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानमा सो रकम बराबरको अनुदान दिने भएको हो ।

संघीय सरकारले स्थानीय तहहरुलाई वित्तीय समानीकरण अनुदान अन्तरगत ८८ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । यस्तै सशर्त अनुदानमा २ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ अनुदान दिने भएको हो । यस्तै, पूर्वाधारका आयोजना कार्यान्वयनका लागि समपुरक अनुदानमा ७ अर्ब रुपैयाँ दिने अर्थमन्त्री पुनले जानकारी दिए ।

संघीय सरकारले विशेष अनुदानमा स्थानीय तहको लागि ८ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update