Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले तोक्यो ७ प्रदेशका ७ प्राथमिकता क्षेत्र, के के परे?

काठमाडौँ । सरकारले सातै प्रदेशका ७ प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा सातै प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन् । 

उनले कोशी प्रदेशलाई उद्योगको हब, मधेशलाई कृषी, बागमतीलाई सुचना प्रविधी, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको हबको रुपमा विकास गरिने बताएका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update