Odapalika - The Fourth Estate - चौथो अंग
प्रत्येक पालिकाका एउटा डाउन टाउन बनाउने संघीय सरकारको घोषणा

काठमाडौँ । संघीय सरकारले प्रत्येक पालिकाको केन्द्रमा एउटा  डाउन टाउन बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

स्थानीय तहसँगको समन्वय र सहकार्यमा डाउन टाउन बनाउन लागिएको हो । यस्ता डाउन टाउनमा स्थानीय मौलिकता झल्कने गरी कार्य गरिने पनि अर्थमन्त्री पुनले जानकारी दिए । यद्यपि, उनले यो कार्यक्रमको लागि बजेट बक्तव्यमा रकम भने खुलाएनन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update