Odapalika - The Fourth Estate - चौथो अंग
सहकारीमा ५ लाख बचत भएका बचतकर्ताले रकम फिर्ता पाउने

काठमाडौँ । सरकारले सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको बचत रकम फिर्ता गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन् ।

बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको धितो बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update