Odapalika - The Fourth Estate - चौथो अंग
संसद खोल्न पहल गर्ने कांग्रेसको निर्णय 

 

काठमाडौँ । नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । ३ दिनसम्म बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद खोल्न गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनले जानकारी दिए । 

उनले भने ‘नेपाली कांग्रेसको संसदीय दलको बैठकले सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग सम्बादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।’

ससंद अवरुद्ध हुदाँ जनताको विषयबस्तु उठ्न नसकेको र विचाराधीन विधेयक समेत अघि बढ्न नसकेको उनको भनाइ छ । ‘प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रस्तुत हुन स्वभाविक भएको तर लामो समय सम्म सदनमा छलफल  हुन नसक्ने गरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार हो,’ उनले भने । 

उनले संघीय संसद नै नचल्ने अवस्थाले संसदीय पद्धतिप्रति नै जनताको वितृष्णा हुने जोखिम उत्पन्न भएको बताए । ‘एक क्विन्टल सुनको विषयमा यो बैठकको  विशेष ध्यानाकर्षण भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारको महत्वपुर्ण निकायको सदैव  निगरानी रहने स्थानबाट समेत अबैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ, ’ बैठकको निष्कर्ष सुनाउदै उनले भने । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update