Odapalika - The Fourth Estate - चौथो अंग
बजेटः बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बीमादेखि सातै प्रदेशमा बृद्धाश्रम स्थापनासम्म

काठमाडौँ । सरकारले देशभर रहेका बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बीमा गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

उनले बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश र स्थानीय तहमा आपतकालिन बाल उद्धार तथा पुनस्थापना केन्द्र स्थापना गर्ने बताएका हुन् ।

यस्तै, उनले हाम्रा बा आमा, हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने बताए । स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिनेछ भने सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रम स्थापना गरिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update