Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले स्थानीय तहको समन्वयमा पोडवे बनाउने, यी हुन सम्भाव्यता अध्ययन हुने स्थान

काठमाडौँ । सरकारले स्थानीय तहको समन्वयमा पोडवे निर्माणका लागि सम्भाव्यता क्षेत्रकाे अध्ययन तथा लगानीको ढाँचा बनाउने भएकाे छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

‘पृथ्वीराजमार्गको विमल नगरदेखि गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना, बेनिघाटसम्म पोडवे लगायत प्रणालीको सम्भाव्यता अध्ययन र लगानीको ढाँचा तय गरि निर्माण कार्य अगाडी बढाईनेछ’, उनले भने । 

यस्तै, सरकारले स्थानीय तहको सहकार्यमा काठमाडौँको धोबिखोला, बागमति र विष्णुमती करिडोरमा स्काई वे तथा पोडवेको सम्भाव्यता अध्ययनन गरी निर्माण कार्य अघि बढाईने बजेटमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update