Odapalika - The Fourth Estate - चौथो अंग
बझाङको साइपालमा बैंक शाखा स्थापना हुने

काठमाडौँ । सरकारले बझाङको साइपाल गाउँपालिकाका बैंकको शाखा स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

हालसम्म उक्त गाउँपालिकामा बैंकको कुनै शाखा नपुगेको भन्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र उक्त पालिकामा बैंकको शाखा पुर्याउने घोषणा गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update