Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

कुल विनियोजनतर्फ चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब अर्थात १९.७४ प्रतिशत रहेको छ । 

उक्त बजेट गत वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update