Odapalika - The Fourth Estate - चौथो अंग
मदिरा र सुर्तिजन्य वस्तुको कर बढ्यो, तयारी वस्तुको पैठारीको घट्यो

काठमाडौँ । सरकारले उद्योगले पैठारीभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल घटाएको छ । तयारी वस्तुको पैठारीमा लाग्ने महसुल घटाएर सरकारले मदिरा तथा सुर्तिजन्य वस्तुको करमा बृद्धि गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष औषधि इन्डक्सन, अगरबत्ती, काजु बदाम लगायत उद्योगको कच्चा पदार्थको पैठारी महसुल तथा अन्तशुल्क घटाएको बताएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update