Odapalika - The Fourth Estate - चौथो अंग
न्यायका याचकमाथि यो हदको अन्याय !

काठमाडौँ । जनकपुरकी २२ वर्षीया आरती साहलाई न्याय दिनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा पुगेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ । 

मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जना पुरुष र २ जनामहिलासहित २० जनालाई नियन्त्रणमा लिएको हो ।

Photo (7) - Copy1692005778.jpg

गत ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुनलाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

आरती हत्याको आरोपमा परेको जाहेरीको आधारमा श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदनमोहन अहिले पुर्पक्षका लागि थुनामा छन् । 

बाबु छोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । हत्या आरोपमा आरतीको माइतीपक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए । 

आरतीको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन् । 

Photo (2) - Copy1692005778.jpg

तर प्रहरीले आरतीका आफन्तलाई उनले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाब दिएको थियो । 

तर माइती पक्षले भने आरतीले आत्महत्या गरेको नभएर उनको घरमै हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेकोे थियो । अनुसन्धानमा मृतकको पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध असार १ गते ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

Photo (9) - Copy1692005773.jpg

दुई वर्ष अगाडि विवाहभएको आरतीलाई पटक पटकथपदाइजो माग्नउनको पतिमोतीबाबु साहको परिवारले दबावदिदै आएको र आरतीलाई दाइजोकै कारण हत्या गरेको आरतीको माइतीपक्षको दाबी छ । 

Photo (8)1692005773.jpg

Photo (10) - Copy1692005775.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update