Odapalika - The Fourth Estate - चौथो अंग
विद्युतीय गाडीमा ८० प्रतिशतसम्म पुग्यो कर, कुनमा कति ?
फाइल फाेटाे

काठमाडौँ । सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै सार्वजनिक गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् । 

बजेटमार्फत ५० किलोवाटससम्मको गाडीमा ५ प्रतिशत अन्तःशुल्क लगाएका छन् । यसअघि यसमा अन्तःशुल्क नलाग्ने व्यवस्था थियो । यो गाडीमा भन्सार महसुल भने १० प्रतिशत कायम गरिएको छ । ५१ देखि सय किलोवाटको गाडीमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको छ ।

१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पु¥याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । 

५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पु¥याइएको छ ।

५० किलोवाटसम्म क्षमता भएका ईभीमा ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने भएको हो । यसअघि अन्तःशुल्क लगाइएको थिएन ।

५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुईमा समान ५ प्रतिशतले बढाइएको छ । उक्त क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । सोही क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुग्दा उक्त क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पु¥याइएको छ ।

१०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढ्दा अन्तःशुल्क भने यथावत् राखिएको छ । उक्त मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा यसअघि अन्तःशुल्क नचलाए पनि अब २० प्रतिशत लाग्ने भएको छ भने तयारी भएर पैठारी हुनेको अन्तःशुल्क २० प्रतिशत नै यथावत् छ ।

तर, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने २० बाट ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्ड र अन्य दुवैका लागि हो ।

यस्तै, अर्थमन्त्री पुनले २०० किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढ्दा अन्तःशुल्क भने घटाएका छन् । उक्त मोटर क्षमता भएका ईभीमा अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा भन्सार ४० प्रतिशतबाट २० प्रतिशत बिन्दुले बढेर ६० प्रतिशत पुग्दा अन्तःशुल्क १० प्रतिशत बिन्दुले घटेको छ ।

उक्त क्षमताको अनएसेम्बल्ड ईभीमा अन्तःशुल्क शून्य रहेकोमा अब ३५ प्रतिशत लाग्ने भएको छ भने अन्यमा ४५ प्रतिशत रहेकोमा अन्तःशुल्क ३५ प्रतिशतमा घटेको हो ।

३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीमा पनि २० प्रतिशत बिन्दुले भन्सार महसुल बढाउँदा अन्तःशुल्क भने १० प्रतिशत बिन्दुले घटेको छ ।

उक्त मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ६० बाट ८० प्रतिशत पु¥याउँदा अन्तःशुल्क भने ६० बाट ५० प्रतिशतमा झरेको छ । यसमा अनएसेम्बल्ड भए अन्तःशुल्क नलाग्ने हालको व्यवस्थामा अब भने त्यसमा पनि ५० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update