Odapalika - The Fourth Estate - चौथो अंग
गुल्मीको चन्द्रकोटमा कपडा बैंक

काठमाडौँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसर पारेर कपडा बैंक सञ्चालनमा ल्याएको हो । 

चन्द्रकोट गाउपालिकाको बसपार्कमा कपडा संकलन बक्स राखिएको छ । संकलित कपडाहरुलाइ पुनः प्रशोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिनेछ । 

चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज खत्रीले जिल्लामै पहिलो पटक चन्द्रकोटमा कपडा बैंक स्थापना गरिएको बताए । उनले उक्त कपडा बैंकमा संकलीत भएको कपडा रिसाइकल गरेर आवश्यकताका आधारमा वितरण गरिने बताए । 

पालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंक (कपडा बैंक) को सुरुवात चन्द्रकोटबाट गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रमुख प्रसासकिय अधिकृत बुद्ध पौडेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । उनले अरुले प्रयोग गरेका कपडाहरु रिसाइकल गरेपछि सबैले आवश्यकताका आधारमा प्रयोग गर्न मिल्ने प्रष्ट पारे । 

कपडा बैंकका अध्यक्ष कमल जिसीले गुल्मीमै पहिलो पटक चन्द्रकोटमा बैंक स्थापना गरिएको भन्दै खुशी व्यक्त गरे । उनले कपडा बैंक सञ्चालनमा ल्याएको छोटो समयमै ७ सयभन्दा बढी घरधुरीलाई कपडा वितरण गरिसकिएको बताए । विभिन्न पालिकाको अनुरोधमा कपडा बैंकले कपडा वितरणदेखि बैंक स्थापना समेत गर्दै आएको छ । 

१४० जनाले गरे रक्तदान

गणतन्त्र दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् । जसमा ९० जनाले पहिलोपटक रक्तदान गरेको पालिकाका अध्यक्ष युवराज खत्रीले जानकारी दिए ।

blood-donation-1716967928.jpg

चन्द्रकोटको आयोजनामा गरिएको उक्त रक्तदानमा हालसम्मकै ठूलो संख्याले रक्तदान गरेका हुन् । एकैपटक ठूलो संख्यामा रक्तदान गर्ने गुल्मीमै पहिलो पालिका चन्द्रकोट रहेको बताइएको छ । 

हिलेसम्म एकैपटकमा यति ठूलो सङ्ख्यामा गुल्मीमा रक्तदान गर्ने स्थानीय तह चन्द्रकोट नै रहेको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update