Odapalika - The Fourth Estate - चौथो अंग
असार मसान्तको चापलाई ध्यानमा राख्दै नरैनापुरका कर्मचारीले फिर्ता लिए आन्दोलन

काठमाडौँ । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । गत आईतबार पालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसीमाथि कार्यकक्षमै अभद्र व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै उनीहरुले सम्पूर्ण कामहरु ठप्प पारेका थिए । 

विनय प्रकाश दिक्षितको नेतृत्वमा  गएको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेतापनि हालसम्म उनीहरुमाथि कुनै कारवाही नभएको कर्मचारीहरुले जनाएका छन् । उनीहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै कारवाहीको माग समेत गरेका छन् । 

उनीहरुलाई कारवाही नहुँदासम्म विरोध स्वरुप विहान १० बजेदेखि ११ बजेसम्म गाउँपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवाहरु ठप्प पार्ने जनाएका छन् । 

‘दोषी उपर प्रचलित कानून बमोजिम कारवाही नहुँदासम्म विरोध स्वरुप यस गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बिहान १० बजेदेखि ११ बजेसम्म बन्द रहने र आर्थिक वर्षको अन्त्यमा कामको चाप, सेवाग्राहीहरुको असुविधा र कर्मचारीको दायित्व समेतलाई मध्येनजर गरी आजकै मितिदेखि बिहान ११ बजेपछि नियमित रुपमा कामकारवाही सुचारु भएको व्यहोरा जानकारी गराउँदछाँै’, कर्मचारीले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update