Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको प्राथमिकतामा परेन राराः छायाँनाथ राराका मेयर भन्छन्, मन्त्रीलाई निषेध

काठमाडौँ । सरकारले बजेटमा रारा को पर्यटन प्रवद्र्धनलाई वेवास्ता गरेको भन्दै छायाँनाथ रारा नगरपालिका रुष्ट बनेको छ । सरकारका मन्त्रीदेखि सांसदसम्म रारामा पुगेर विभिन्न आश्वासन दिएतापनि बजेटमा वेवास्ता गरेपछि नगरपालिका रुष्ट बनेको हो । 

नगरपालिकाका मेयर विष्णुकुमार भामले सरकारले रारामा पर्यटन प्रवद्र्धन गर्ने बाचा दिएर पूरा नगरेको बताए । उनले सामाजिक सञ्जाल मार्फत बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने सांसदतथा मन्त्रीहरुर्ला निषेध गरिएको बताए ।

‘यति राम्रो स्वर्गकी अप्सरा ,नेपालकै ठुलो ताल रारा लाई हिजोको बजेट बक्तव्यमा रारा भन्ने शब्द आएन, कुनै पनि तहका मन्त्रीहरु सान गरेर रारामा आउने, माईन फ्रेस गर्ने, स्वर्गको आनन्द्र लिने, बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने खबरदार छायाँनाथ रारा नगरपालिकाले सम्पुर्ण मन्त्रीहरु लाई रारामा निषेध गरिएको छ’, उनले फेसबुकमा लेखेका छन् । 

उनले मन्त्री तथा सांसदहरुलाई मात्र रारामा निषेध गरिएको भन्दै आन्तरिक तथा वार्य पर्यटकका लागि रारा सधै खुला रहेको समेत बताएका छन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राराको पर्यटन प्रवद्र्धन तथा भौतिक संरचना निर्माणका लागि पटक पटक बाचा गरेतापनि बजेटमा रारा शब्द नराखेर बाचा तोडेको बताए । 

‘डेढ घण्टाको बजेट भाषणमा रारा भन्ने शब्द नै सुनिएन, सरकारले आश्वासनमात्रै  दियो पूरा गरेन । रारामा आउने सरकारी उच्च तहका कोही कसैलाई नगरपालिकाबाट हुने आतिथ्य तथा स्वागत केही हामीले गर्दैनौँ’, उनले भने । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update