Odapalika - The Fourth Estate - चौथो अंग
बंगलादेशको मौसमी प्रणाली सक्रिय हुँदा कहाँ कहाँ पर्दैछ पानी ? 

काठमाडौंँ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसममा बदलाव रहने जनाएको छ । मौसमी प्रणालीमा भइरहेको बदलावका कारण आज देशका केही भू–भागमा पानी पर्ने विभागको भनाइ छ । 

बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षको सम्भावना रहेको उसको भनाइ छ ।

बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भने बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । 

विभागले दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।  

कोशी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

 

विभागका अनुसार राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update