Odapalika - The Fourth Estate - चौथो अंग
धनुषाको जनकनन्दिनी बन्यो पूर्णखोपयुक्त पालिका

काठमाडौँ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप  पालिका घोषणा गरिएको हो । 

सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्यतयारी भइरहको थियो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख  रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । 

गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो । 

समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं – ४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update