Odapalika - The Fourth Estate - चौथो अंग
श्रीलंकाका राजदूतले टुँडिखेलमा पुगेर गरे सिम मेलाको अवलोकन

काठमाडाैँ । नेपालका लागि श्रीलंकाका राजदूत मार्सल सुदर्शन पथिरानाबाट सिप मेलाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिपमूलक तालिमको उनले अवलोकन गरेका हुन् । 

औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ । नेपालका लागि श्रीलंकाका राजदूत मार्सल सुदर्शन मथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सिपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’ 

अवलोकनका क्रममा उनले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गरे । 

निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाका बिचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिन्छ । राजदूत पथिरानाको भनाइ राखे ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताए । सिप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग रहेको उनले बताए ।

सिप मेलाका तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार श्रीलंकाले राष्ट्रिय सिप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको छ । 

महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सिप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना छ ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update