Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः अन्त सामान्य झरी, कोशी र मधेशमा आउन सक्छ बाढी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आजपनि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा वर्षा भइरहेपनि बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । 

जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update