Odapalika - The Fourth Estate - चौथो अंग
एकैदनि तोलामा २३०० रुपैयाँले बढ्यो सुनको मूल्य, अब कति पुग्यो ? 

काठमाडौँ । पछिल्लो केही दिन यता सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ । बुधबारको तुलनामा आज बिहीबार सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, बिहीबारका लागि तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० रुपैयाँले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update