Odapalika - The Fourth Estate - चौथो अंग
३० हजार घुससहित अख्तियारको नियन्त्रणमा नायब सुब्बा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुससहित नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । 

आयोगले टोलिले बिहीबार कपिलवस्तु जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा कार्यरत नायब सुब्बा नरहरी खनाललाई घुससहित नियन्त्रणमा लिएको हो । 

उनीमाथि सेवाग्राहीले जग्गा नामसारी गर्ने प्रयोजनार्थ ३० हजार रुपैयाँ घुस मागेको भन्दै अख्तियारको बुटवल कार्यालयमा गुनासो गरेका थिए । सेवाग्राहीको गुनासोका आधारमा बुटवलबाट खटिएको टोलिले नायबसुब्बा खनाललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

अनुसन्धानका क्रममा उनले ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले खनालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोभन्दै ३० हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा बिहीबार मुद्धा दायर गरेको हो । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update