Odapalika - The Fourth Estate - चौथो अंग
लमजुङका ८ स्थानीय तहको बरुजुः सबैभन्दा कममा मस्र्याङ्दी, क्व्होलासोथारमा बढि

काठमाडौँ । लमजुङका ८ स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु मस्र्याङदी गाउँपालिका देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार लमजुङमा सबैभन्दा कम बेरुजु मस्र्याङदीमा देखिएको हो । यो सँगै गण्डकी प्रदेशका स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तहमध्ये ५ औँ नम्बरमा मस्र्याङदी पर्न सफल भएको हो । 

यस्तै, लमजुङका ८ वटा स्थानीय तहमध्ये सवैभन्दा बढी प्रतिशतको आधारमा क्व्होलासोथार गाउँपालिकामा बेरुजु देखिएको छ ।

गण्डकी प्रदेशकै ५ औं कम बेरुजु देखिएको मस्र्याङ्दी गाउँपाकिलाको बेरुजु ० दशमलव १८ प्रतिशत रहेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९÷०८० को लेखा परीक्षण अनुसार मस्र्याङ्दी गाउँपालिकाको बेरुजु २३ लाख ७७ हजार रुपैयाँ देखिएको छ । 

मस्र्याङ्दी गाउँपालिकाको १ अर्ब ३३ करोड ४७ लाख २२ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो । 

क्व्होलासोथार गाउँपालिकामा ६१ करोड ७५ लाख १५ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ३२ लाख २८ हजार रुपैयाँ अर्थात ३ दशमलव ७६ प्रतिशत बेरुजु देखिएको छ । 

दोर्दी गाउँपालिकाको १ अर्ब ९ करोड २६ लाख ९८ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ करोड ४८ लाख ८६ हजार रुपैयाँ अर्थात ३ दशमलव १९ प्रतिशत बेरुजु देखिएको छ ।

दूधपोखरी गाउँपालिकाको ९१ करोड ६८ लाख २ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा १ करोड ७८ लाख २६ हजार रुपैयाँ अर्थात १ दशमलव ९४ प्रतिशत बेरुजु देखिएको छ ।

राइनास नगरपालिकाको १ अर्ब ५० करोड १४ लाख ५४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा ३ करोड १५ लाख ६१ हजार रुपैयाँ अर्थात २ दशमलव १० प्रतिशत रकम बेरुजु देखिएको छ । 

मध्यनेपाल नगरपालिकाको १ अर्ब १२ करोड ८२ लाख १० हजार रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा १ करोड ८४ लाख ९० हजार अर्थात १ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको छ ।

सुन्दरबजार नगरपालिकाको १ अर्ब ५३ करोड ८६ लाख १४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा १ करोड ६० लाख ५१ हजार रुपैयाँ अर्थात १ दशमलव ०४ प्रतिशत बेरुजु देखिएको छ । 

बेंसीशहर नगरपालिकाको १ अर्ब ७७ करोड १२ लाख ६७ हजारको लेखा परीक्षण गर्दा १ करोड २६ लाख ४७ हजार रुपैयाँ अर्थात ० दशमलव ७१ प्रतिशत बेरुजु देखिएको छ । 

नगरपालिकाका मध्येमा सबैभन्दा बढी राइनास नगरपालिका र सवैभन्दा कम बेंसीशहर नगरपालिकाको बेरुजु देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update