Odapalika - The Fourth Estate - चौथो अंग
दिनदिनै बढ्दै सुनको मूल्य, कति पुग्यो?

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ भएसँगै हालसम्मकै उच्च भएको हो । 

यसअघि गत जेठ ७ गते सुनको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको थियो । सो दिन १ लाख ४१ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

सुनमा लाग्ने भन्सार दर १५ प्रतिशत रहेकोमा बजेटमार्फत २० प्रतिशत पु¥याइएको हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आज १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update