Odapalika - The Fourth Estate - चौथो अंग
न्यूरोडको पार्किङ हटाउँदा विरोध गर्नेहरुले फुटपाथ बढाउँदा विरोध गरेको बालेनको खुलासा

काठमाडौँ । न्यूरोडको पार्किङ हटाउँदा विरोध गर्नेहरुले नै फुटपाथ बढाउँदा विरोध गरेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आरोप लगाएका छन् । 

उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका बताएका हुन् । 

‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? उनले प्रश्न गर्दै भने ।

‘सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला’, उनले लेखेका छन् ।  

यस्तै, उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ भन्दै कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिनुपर्ने बताएका छन् । 

‘फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ, विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ’, उनले भनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update