Odapalika - The Fourth Estate - चौथो अंग
कार्यसम्पादन मूल्यांकन फाराम बुझाउन करारका कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरको निर्देशन

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले करारमा कार्यरत सबै कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकन फाराम बुझाउन निर्देशन दिएको छ । 

पालिकाले शुक्रबार एक सूचना जारी गर्दै असार ७ गतेभित्र पालिकाभित्र कार्यरत सम्पूर्ण करारका कर्मचारीहरुलाई कार्यसम्पान मूल्यांकन फारम बुझाउन निर्देशन जारी गरेको हो । 

‘यस उपमहानगरपालिका अन्तरगत विभिन्न महाशाखा÷शाखा÷वडा कार्यालय÷स्वास्थ्य संस्थामा कार्यरत सेवा करारका सबै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयको ‘करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनको कार्यसम्पादन स्तर मूल्यांकन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड २०७८’ को अनुसूची (१) बमोजिमको ढाँचामा चालु आवको दोस्रो ७ महिनाको कार्यसम्पादन मूल्यांकन फारम २÷२ प्रति भरी म्याद थपका लागि २०८१ आषाढ ७ गतेभित्र प्रशासन तथा जनशक्ति विकास शाखामा पेश गर्नुहुन जानकारी गराइन्छ’, पालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

सूचना अनुसार कार्यसम्पादन मूल्यांकन फारमका साथमा म्याद थपको १ प्रति निवेदन र महाशाखा÷शाखा÷वडा कार्यालय÷स्वास्थ्य संस्था प्रमुखको सिफारिस १ प्रति समेत पेश गर्नुपर्नेहुन्छ । 

notice-1717141938.jpg

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update